रत्ननगर- १५ का गर्भवती र सुत्केरी महिलालाई कुखुराको भाले सहित पाेषण

रत्ननगर, असोज २ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ का गर्भवती (आमा) र सुत्केरी महिलालाई कुखुराको भाले सहित पोषण सामग्री वितरण गरिएको छ । बुधवार वडा कार्यालयले वडा भित्रका १५ जना गर्भवती (आमा) र सुत्केरी महिलालाई सामग्री वितरण गरेको हो ।

सुरक्षित मातृत्व अन्तर्गत ८ जना गर्भवती (आमा) र ७ जना सुत्केरी महिलालाई पोषण सामग्रीमा कुखुराको भाले सहित एक क्रेट अण्डा, २ किलो नौनी घ्यू, मुङको दाल, भटमास लगाएत सरसफाईका सामग्री वितरण गरिएको वडा अध्यक्ष आसिक तामाङले जानकारी दिए ।

पोषण सामग्री वितरण गर्दै वडाध्यक्ष तामाङले गएको वर्षदेखी वडाले पोषण सामग्री वितरण गर्दै आइरहेको भन्दै गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यप्रति वडाले ध्यान दिदै सामग्री वितरण सँगै नियमित स्वास्थ्य जाँच गराइरहेको बताए । आगामी आर्थिक वर्ष २०८२/०८३ मा समेत सुरक्षित मातृत्व कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष तामाङको भनाई छ ।

२०७९/०८० मा ७३ जना २०८०/०८१ मा ३५ जना र २०८१/०८२ मा पहिलो चरण अन्र्तगत १५ जना गरी १ सय २३ जना गर्भवती (आमा) र सुत्केरी महिलालाई पोषण सामग्री बितरण गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र रत्ननगर- १५ की इन्चार्ज रोजीना गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा सदस्य रुकमाया परियारले गर्भवती (आमा) ले वडा कार्यालयको स्वास्थ्य चौकीमा तीन पटक स्वास्थ्य जाँच गरेपछि मात्रै वडाबाट सुत्केरी पोषण सुबिधा पाइने अन्यले याे सुबिधा नपाउने बताईन् ।

पोषण सामग्री वितरण कार्यक्रममा वडा सदस्य इम प्रसाद पन्त, शिव तिवारी, लिलादेवी पोखरेल, वडा सचिव नवराज तिवारी, स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्य स्वयमसेविका लगाएतको उपस्थिती रहेको थियो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र रत्ननगर-१५ की इन्चार्ज रोजीना गिरीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.