पहिरोमा ज्यान गुमाएका परिवारलाई नगद सहयोग

गोरखा, भदौ २८ । धार्चे गाउँपालिका- ५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । “पहिरोमा ज्यान गुमाएकामध्ये एकै परिवारका तीनजनाको परिवारलाई एकमुष्ट रु पाँच लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “रेशम गुरुङ र रमेश परियारको परिवारलाई रु दुई लाख ५० हजारका दरले राहत दिने निर्णय भएको छ ।”

त्यसैगरी घाइते भएका दुई जनाको उपचार खर्च बेहोर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको छ । गत साउन १३ गते बिहान पहिरो खस्दा पाँच जनाको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.