सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

रत्ननगर, भदाै २५ । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ ।

रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष गंगा गिरीले भावि योजना तथा संस्थाका सचिव पूर्णप्रसाद रिजालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष छुना रेग्मीले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक विनोद खनालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष गंगा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष गणेश खतिवडालाई सम्मान गरिएको थियो ।

सो अबसरमा प्रमुख अतिथि वडाध्यक्ष महतोले सहकारीले विपन्न समुदायको आर्थिक अबस्थामा सुधार आउने गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष निर्मला कँडेल, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, सो संस्थाका पूर्व अध्यक्ष गणेश खतिवडा लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष कृष्णकुमार खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

साधारण सभाको बन्दसत्रले उद्घाटनसत्रमा प्रस्तुत गरेका तीन प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

२०५६ सालमा स्थापना भएको सो सहकारीमा २ हजार ८८८ जना शेयर सदस्य रहेका छन् । सो सहकारीको १० करोड ४२ लाख ५१ हजार शेयर पूँजि रहेको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.