स्विट्जरल्याण्डमाथी स्पेनको शानदार जित

भदौ २४ । स्पेनले युइएफए नेसन्स लिग अन्तर्गत स्विट्जरल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले स्विट्जरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

स्पेनका लागि फाबियन रुइजले दुई गोल गरेका थिए भने जोसेलु, फेरान टोरेजले एक एक गोल गरेका थिए । स्पेन यस खेलमा खेलको २०औं मिनेटमा रोबिन ले नोरम्यान्डले रातो कार्ड पाउँदा १० खेलाडीमा सीमित भएको थियो ।

त्यसैगरी स्विट्जरल्याण्डका लागि एक गोल जेकी आमडोनीले एक गोल गरेका थिए ।

स्पेनको यो जितपछि समुह ४ मा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने स्विट्जरल्याण्डले लगातार दोस्रो हार बेहोरेको छ । एजेन्सी

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.