सकियो ‘घर नम्बर २’ को छायाङ्कन, माघ ११ मा प्रदर्शन

भदौ २३ । फिल्म ‘के घर के डेरा’ को दोस्रो सिक्वेल ‘घर नम्बर २’ को छायाङ्कन पूरा भएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले २५ दिनमा छायाङ्कनको काम पूरा भएको जानकारी दिएका हुन् ।

निर्देशक खनालले सार्वजनिक गरेको इन्ड क्ल्याप समारोहको तस्बिरमा फिल्मका शीर्ष कलाकार नायक आर्यन सिग्देल र नायिका उपासनासिंह ठकुरी लगायतलाई देख्न सकिन्छ ।

खनालले छायाङ्कनमा सहयोग गर्ने सबैमा कृतज्ञता व्यक्त गरेका छन् । यस फिल्मको छायाङ्कन काठमाडौं आसपासकै क्षेत्रमा गरेको बुझिएको छ ।

यो फिल्मको निर्माण पक्ष गत साउन २५ गते छायाङ्कनमा निस्किएको थियो । फिल्ममा आर्यन र उपासनासहित निश्चल बस्नेत, खगेन्द्र लामिछाने र केकी अधिकारी शीर्ष भूमिकामा रहेको बताइएको छ ।

यसअघि नै फिल्मको प्रदर्शन मिति माघ ११ गतेलाई तोकिएको छ । सोसल ड्रामा जनरामा बन्ने यस फिल्मको लेखक बुद्धिसागर हुन् । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको ब्यानरमा बन्ने यस फिल्मका निर्माता शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ हुन् । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.