फ्रान्सले जित्यो पारालिम्पिक नेत्रहीन फुटबलमा स्वर्ण

काठमाडौं, भदौ २३ । अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फ्रान्सले पारालिम्पिकअन्तर्गत नेत्रहीन फुटबलमा स्वर्ण पदक जितेको छ।

शनिबार राति भएको खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। ‘यो फिल्मको स्क्रिप्ट जस्तो लाग्यो,’ १२ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए फ्रेडरिक भिलेरोक्सले भने।

स्टार फरवार्ड म्याक्सिमिलियानो एस्पिनिलोले फ्रान्सेली डिफेन्डरले बल क्लियर गर्न नसकेपछि गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए।

ब्राजिलबाहेक पारालम्पिक नेत्रहीन फुटबलको उपाधि जित्ने फ्रान्स पहिलो टोली हो। ब्राजिलले सन् २००४ को एथेन्स ओलम्पिकमा पहिलो पटक स्वर्ण जितेको थियो।

बिहीबार सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा पराजित हुनुअघि कुनै पनि खेल नहारेको पाँच पटकका डिफेन्डिङ च्याम्पियन ब्राजिले भने कांस्यमा चित्त बुझायो। ब्राजिलको जितमा २४औं मिनेटमा जेफिन्होको गोल नै कोलम्बियालाई पराजित गर्द पर्याप्त बन्यो। एजेन्सी

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.