प्रथम ओएसिस महिला गोल्डकपको नाफा १ लाख १३ हजार

इलाम, भदौ २२ । प्रथम ओएसिस महिला गोल्डकपको आय–व्यय सार्वजनिक गरिएको छ। क्लब ओएसिसले आज आय–व्यय सार्वजनिक गरेको हो।

क्लबले प्रतियोगिताबाट १ लाख १३ हजार ८२९ रुपैयाँ नाफा कमाएको छ। क्लबले प्रतियोगिता सञ्चलानबाट ५ लाख २ हजार ८२९ रुपैयाँ नाफा बनाए पनि ३ लाख ८९ हजार रुपैयाँ उठ्न बाँकी रहेको क्लबका अध्यक्ष ध्रुव राईले जानकारी दिए।

उठ्न बाँकी रकम क्लबले नपाएको खण्डमा खुद नाफा १ लाख १३ हजार ८२९ रुपैयाँ बैंक मौज्दातमा रहने उनले बताए। गत फागुन ३ गतेबाट ७ गतेसम्म सञ्चालित प्रतियोगितामा १८ लाख २७ हजार ११ रुपैयाँ आय भएको छ।

आय मध्येबाट खर्च १७ लाख १३ हजार १ सय ८२ रुपैयाँ खर्च भएको थियो। प्रतियोगिता सञ्चालनका लागि इलाम नगरपालिका, विभिन्न स्थानीय तह, वडा कार्यालय, जापान, अमेरिका, दक्षिण कोरिया, स्थानीय र अन्य प्रवासी नेपालीहरूबाट सहयोग प्राप्त भएको थियो।

सहयोग रकमलाई मितव्ययी रूपमा खर्च गरेको कारण बचत गर्न सफल भएको क्लबका पूर्व अध्यक्ष एवम् जिल्ला फुटबल संघका उपाध्यक्ष च्याङ मुखियाले बताए। इलामको ठुलो टुँडिखेलमा भएको प्रतियोगिता भारतको मानेभञ्ज्याङ फुटबल क्लबले जितेको थियो।

मानेभञ्ज्याङले दिपेन्द्रशिखर फुटबल क्लबलाई हराउँदै उपाधि सहित २ लाख रुपैयाँ प्राप्त गरेको थियो। उपविजेता दिपेन्द्रशिखरले १ लाख रुपैयाँ प्राप्त गरेको थियो।

प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको थियो। क्लबले यस वर्ष दोस्रो संस्करणको तयारी अघि बढाउने भएको छ। माघमा सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको अध्यक्ष ध्रुव राईले जानकारी दिए।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.