कैलालीमा जापानी इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु, ४ जना संक्रमित

भदौ १८ । कैलाली जापानी इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट जिल्लाको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानी इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ ।

यस्तै, जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले बताइन् ।

उनले गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको बताइन् । संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको निमित्त प्रमुख जोशीले बताइन् ।

पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापनिज इन्सेफलाइटिस रोग सर्छ। यो रोग लामखुट्टेले सुँगुर, बुँगुर र हाँस आदिलाई टोकेर मानिसलाई सार्छ । तर संक्रमित मानिसबाट मानिसमा भने सर्दैन ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.