सकियो सौराहा लेडिज जेसीजको सप्ताह

रत्ननगर, भदाै १८ । सौराहा लेडिज जेसीजको जेसीज सप्ताह सोमबार सकिएको छ ।

भदौ १२ गतेबाट सुरु भएको सप्ताह अन्तर्गत समाजकेन्द्रीत विभिन्न कार्यक्रम गरिएको थियो ।

सप्ताह अन्तर्र्गत झुवानी माविको दृष्टिविहीन इकाइमा रहेका बालबालिकालाई भोजन र दुईवटा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान, सौराहा र राप्ती नदीकिनारमा सरसफाइ, तीज मिलन कार्यक्रम तथा स्लो स्कुटर रेस प्रतियोगिता, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको कार्यक्रम संयोजक दीक्षा रिजालले जानकारी दिइन् ।

रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको समापन कार्यक्रममा स्लो स्कुटी रेसमा उत्कृष्ट हुनेलाई पुरस्कार तथा सप्ताह सफल बनाउन सहयोग गर्नेलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सौराहा लेडिज जेसीजकी अध्यक्ष सुनिता पौडेल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष अमर घिमिरे, रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरी, सौराहा जेसीजका अध्यक्ष रन्जन भण्डारी, हानका प्रतिनिधि ऋषि तिवारी, बछौली स्वास्थ्य चौकी प्रमुख केशब पौडेल, मृगकुञ्जकी कार्यसमिति सदस्य विन्दा कार्की, साना पर्यटन व्यवसायी समुहकी अध्यक्ष छुना रेग्मी, मृगकुञ्ज विन्दा कार्की लगायतले मन्तव्य राखेका थिए ।

रत्ननगर जेसीजकी महासचिव सिल्पा विडारीले सञ्चालन गरेको कार्यक्रममा निर्वतमान अध्यक्ष मन्जु चौधरी, पूर्वअध्यक्ष सरस्वती सेढाई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.