घट्यो हवाइ भाडा

काठमाडौं, भदौ १८ । हवाइ भाडा घटेको छ । न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले हवाइ भाडा घटेको हो । नेपाल आयल निगमले यही भदौ १५ गते आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा आन्तरिक उडानको भाडा पनि घटाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

काठमाडौं विमानस्थलाई आधार बनाएर तय भएको यस्तो भाडादरमा सबैभन्दा कम सिमरा उडान गर्दा ४५ रुपैयाँ र सबैभन्दा बढी नेपालगन्ज उडान गर्दा २६५ रुपैयाँ घटेको छ । घटेको हवाइ भाडा बुधबारदेखि नै लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

पोखराबाट भद्रपुरको भाडा २ सय रुपैयाँले घटेको छ । विराटनगर भैरहवाको भाडा १९५ रुपैयाँले घटेको छ । पोखरा विराटनगर १७५ रुपैयाँले घट्दा काठमाडौं धनगढी २२० रुपैयाँले घटेको छ ।

आयल निगमले १३७ रुपैयाँ प्रतिलिटको हवाई इन्धनको मूल्य घटाएर १३२ रुपैयाँ प्रतिलिटर बनाउँदा प्रतिलिटर ५ रुपैयाँका दरले घटेको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.