कालिका, भदौ १६ । कालिका नगरपालिका वडा नं ६ स्थित पूर्वी चितवन निर्माण सेवा संघको १५औ बार्षिक साधारण सभा तथा आठौं अधिवेशन गरिएको छ ।
कालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गरेको साधारण सभामा आवास निर्माणमा लामो सयम देखि योगदान गर्दै आएका निर्माण व्यवसायीहरुलाई सम्मान गरिएको छ । संघका पूर्वअध्यक्ष उत्तम घिमिरे सहित संस्थापक अध्यक्ष जगत मुक्तान, पूर्वअध्यक्ष ज्ञानबहादुर लामिछाने, बलराम दंगाल, ज्येष्ठ सदस्य इन्द्रमाया मगर, संघका ज्येष्ठ सदस्य कृष्णप्रसाद खनाललाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेयर रेग्मी र संघका अध्यक्ष हेमप्रसाद पन्तले उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अबसरमा मेयर रेग्मीले स्थानीय सरकारले लागुगरेको भवन निर्माण आचारसंहिताको कार्यान्यनको लागि निर्माण व्यवासयीले नगरपालिकालाई सहयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा अध्यक्ष पन्तले भावी कार्ययोजना, सचिव राजाराम नेपालले प्रगति प्रतिबेदन तथा लेखा संयोजक सरोज चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कालकिा वडा नं. ६ का वडा अध्यक्ष टीकाराम रेग्मी वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, स्वरोजगार निर्माण सेवा संघ भरतपुरका अध्यक्ष कृष्णप्रसाद पौडेल, पूर्वअध्यक्ष उत्तम घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद दुलालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव नेपालले सञ्चालन गरेका थिए । अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति र तीन सदस्यीय लेखा समिति चयन गर्ने छ ।