आमाछोरालाई मुटुरोग : उपचारमा आर्थिक अभाव, सहयोगको याचना

रत्ननगर, भदाै ११ । मुटुरोगले थलिएका आमा छोरालाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

रत्ननगर वडा नं १ बकुलहरमा डेरा गरी बस्ने ३२ बर्षीया लक्ष्मी थापा घलान र उनको १५ बर्षीय छोरा सोनम घलान लामो समय देखि मुटु रोगले ग्रसित छन् ।

आफु रोगी हुँदाहुँदै पनि अर्कोको घरमा काम गरेर जीवनयापन र छोरालाई पढाउदै आएकी लक्ष्मीको एक मात्र छोरालाई समेत मुटुरोग लाग्यो ।

सम्पतीको नाममा उनीहरुसंग केही पनि छैन् । कमाउन सकेको बेला छाक टर्छ, नत्र भोकै सुत्नुपर्ने उनीहरुको अबस्था छ ।

लक्ष्मीको चितवन मेडिकल कलेजमा उपचारपछि डेरामा ल्याइएको छ भने छोराको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सोनम निपनीमा रहेको ओमशान्तिम राष्ट्रिय आधारभूत विद्यालयका कक्षा ४ मा पढ्छन् । लक्ष्मीको स्थायी घर हेटौडा हो । बैदेशिक रोजगारीको लागि विदेश गएका श्रीमान लामो समय सम्म सम्पर्क विहीन भएपछि छोरा लिएर लक्ष्मी चितवन आएकी हुन् ।

लक्ष्मी लामो समय देखि मुटुको रोगी हुन । एक बर्ष अघि छोरालाई समेत मुटुरोग देखिएपछि चिन्तित भनेकी लक्ष्मीलाई रोगले झन च्यापेको छ । लक्ष्मीसंग उपचार गर्ने न पैसा छ, न आफन्त साथमा छन् ।

अस्पतालमा विरामी कुर्ने मान्छे समेत छैनन् विद्यालयकी प्रधानाध्यापक राधा चौधरीले भनिन् उपचार गर्ने एक सुका उनीहरुसंग पैसा छैन् ।

आफ्नो र छोराको उपचार गर्ने पैसा नभएर लक्ष्मी विद्यालयमै आएर रुने गरेको चौधरीले बताइन् । लक्ष्मी र उनको छोराको अबस्था एकदम दयनीय रहेको भन्दै प्रधानाध्यापक चौधरीले उपचारको लागि सहयोग गरिदिनुहुन सबैलाई आग्रह गरेकी छन् ।

लक्ष्मी र उनको छोरालाई थप उपचारको लागि डाक्टरले काठमाडौं लैजान सुझाब दिएको भएपनि गाडीभाडा समेत उनीहरुसंग नहरेको प्रधानाध्यापक चौधरीले बताइन् ।

छोरालाई मुटुरोग भएको थाहा भएपछि लक्ष्मीलाई थप दुई वटा रोगले समातेको छ । लक्ष्मीलाई मुटु, अल्पस र दमको रोग समेत देखापरेको छ ।

लक्ष्मी र उनको छोराको उपचारको लागि आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले विद्यालयकी प्रधानाध्यापक राधा चौधरीलाई ९८४५०५६८९८ र शिक्षिका शान्ति अधिकारीलाई ९८४५०७९२२० मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.