पत्रकार हाेमनाथ सापकाेटा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत  

रत्ननगर, भदाै १० । खानेपानी तथा सरसफाई उपभाेक्ता महासंघ नेपालले प्रदान गर्ने फेडवासन वास रााष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ चितवनका क्रियाशिल पत्रकार हाेमनाथ सापकाेटालाई प्रदान गरिएकाे छ ।

महासंघकाे २२औं स्थापना दिवसकाे अबसरमा साैराहामा आयाेजित कार्यक्रममा चितवन पाेष्ट दैनिकका संवाददाता सापकाेटालाई उक्त पुरस्कृत प्रदान गरिएकाे हाे ।

खानेपानी, सरसफाई र स्वच्छताकाे क्षेत्रमा पत्रकारिता मार्फत याेगदान गरेकाे भन्दै सापकाेटालाई नगद पुरस्कार सहित सम्मान गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि खानेपानी मन्त्री प्रदिप यादब, महासंघका अध्यक्ष राजेन्द्र अर्याल, बागमती प्रदेशका पूर्व अर्थमन्त्र‌ी जगन्नाथ थपलिया, खानेपानी तथा ढल व्यवस्था विभागका महानिर्देशक रामकुमार श्रेष्ठले पत्रकार सापकाेटालाई सम्मानपत्र, दाेसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरेका हुन ।

पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष सापकाेटा विगत २२ बर्ष देखि पत्रकारितामा क्रियाशिल रहेका छन् ।

छापा पत्रकारिता तर्फ सापकाेटा सहित टेलिभिजन तर्फ एभिन्यूज टेलिभिजनका रमेशचन्द्र राज भण्डारी, रेडियाे तर्फ रेडियाे परासीका मेघराज गाैतम, अनलाइन तर्फ उकेरा डटकमका जगतदल जनाल विकलाई पत्रकारिता पुरस्कार प्रदान गरिएकाे महासंघका महासचिव इन्द्र तामाङले जानकारी दिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.