अदालतको आदेशमा भ्रम नछर्नू : बालेन

काठमाडौं, भदाै १० ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर जनतामाझ भ्रम नछर्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीका नेता कार्यकर्ताहरूले जनता माझ भ्रम नछरिदिन भनेका छन् ।

उनले लेखेका छन्, ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो ।’

उनले सर्वोच्चको आदेशपछि महानगरले वाग्मती र विष्णुमती नदी वरिपरि ४० मिटर टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्रबारे जानकारी गराइएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौं महानगरले सो आदेशलाई  सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।’

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.