मुस्ताङको थासाङमा हिमपहिरो : हेर्नुस् चार तस्बिर

भदौ ७ । मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो झरेको छ। शुक्रबार दिउँसो बस्तीभन्दा माथिबाट ठूलो आकारमा हिमपहिरो झरेको हो ।

हिमपहिरो अहिले बस्तीभन्दा माथिको भागमा आएर खोंचमा अड्किएको छ। अहिले जोखिममा परेका बस्तीको ९ घरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

हिमपहिरो स्थानीय बोक्सी खोलाभन्दा आधा घण्टामाथि रोकिएको छ । कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले जोखिम हुन सक्ने अनुमान छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो बस्तीमाथि अड्किएको बताए । हिमाली क्षेत्रबाट खसेको हिमपहिरो बस्तीभन्दा माथिको खोंचमा अड्किएको उनले जानकारी दिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.