रत्ननगर । लायन्स क्लब अफ चितवन टाईगर्स को आयोजना रत्ननगरमा निःशुल्क मधुमेह परीक्षण गरिएको हो । रत्ननगर वडा नम्बर ७ को चित्रसारीमा क्लबले परिक्षण शिविर गरेको हो । शिविरमा ६८ जनाको निःशुल्क मधुमेह परिक्षण गरिएको क्लबका सचिव बिबेक लामिछानेले जानकारी दिए ।
क्लबका नवनिर्वाचित अध्यक्ष गोकुल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम डिष्ट्रीक सेक्रेटरी एमजेएफ निरज श्रेष्ठको प्रमुख आतिथ्यमा भएको हो । शिविरमा रत्ननगर नगरपालिका वडा नम्बर ८ का वडासदस्य कृष्ण प्रसाद आचार्य, लायन्स क्लबका दीपेन्द्र खतिवडा, मधुर नेपाल, भिम बहादुर नेपाल, लायन सम्झना घिमीरे लगायतको उपस्थिती रहेको थियो ।
शिबीरमा पानस क्लिनिक चित्रसारी र रत्ननगर २ सिनेमारोड टॉडी मा रहेको ब्लड कियर डाइग्नोस्टिक प्याथोलोजी ल्याबले सहयोग गरेको सचिव लामिछानेले बनाए ।