लोडसेडिङ र लो- भोल्टेजबारे नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्रलाई ध्यानर्कषण

रत्ननगर, साउन ३२ । पूर्वी चितवन उद्योग वाणिज्य तथा पर्यटन व्यवसायी समन्वय समितिले लोडसेडिङ र लो भोल्टेजले समस्या भएको भन्दै नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रलाई ध्यानर्कषण गराएको छ ।

लोडसेडिङ र लो भोल्टेजका कारण उद्योग सञ्चालन समस्या भएको भन्दै समन्वयले विद्युत प्रवाहमा विद्यमान समस्या तत्काल सामधान गरेर नियमित विजुली प्रदान गर्न प्राधिकरणलाई ध्यानर्कषण गराएको हो । समन्वय समितिका संयाेजक शंकर गिरीको नेतृत्वमा प्राधिकरण पुगेको टोलीले वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीलाई ध्यानर्कषण पत्र बुझाएका हुन् ।

पूर्वी चितवन क्षेत्रमा नेपाल विद्युत प्राधिकरणबाट प्रशारण भई रहेको विद्युत अनियमित तरिकाबाट कुनै पनि समयमा विद्युत जाने आउने भएको र सो क्षेत्रमा उद्योग कल कारखाना संचालनका लागि भोल्टेज पनि निकै कम भएको पत्रमा उल्लेख गरिएको छ ।

उद्योगी व्यवसायीहरुको लिखित गुनासो प्राप्त भएअनुसार अनियमित विद्युत पटक पटक काट्दा उद्योग संचालनमा कठिनाई भएको, विद्युत भोल्टेज अपर्याप्त भएको कारण उद्योग, कलकारखाना संचालन गर्न निकै कठिनाई भई उद्योग व्यवसाय विस्थापित हुने अवस्था आएको र घरायसी विद्युतीय उपकरणहरु विग्रिरहने हुँदा नियमित विद्युत प्रशारण र भोल्टेज सुधार गर्न आग्रह गर्दछौं ध्यानर्कषण पत्रमा भनिएको छ ।

संयाेजक गिरीले विद्युत प्रसारण अनियमित हुँदा व्यवसाय सञ्चालनमा निकै कठिनाई भएपछि प्राधिकरणलाई सुधारको लागि ध्यानर्कषण गराइएको बताए । समन्वय समितिको सह–संयोजकमा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनाल र क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरी, सदस्यसचिवमा उद्योग संघ रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेल, सदस्यहरुमा राप्ती उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ओम डल्लाकोटी, उद्योग संघ खैरहनीका अध्यक्ष युवराज पाठक, उद्योग संघ राप्तीका अध्यक्ष खिलराज घिमिरे, उद्योग संघ कालिकका अध्यक्ष सन्तोष बम्जन, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, साना पर्यटन व्यवसायी समितिकी अध्यक्ष छुना रेग्मी र खोलेसिमल बजार व्यवस्थापन समितिकी अध्यक्ष सविता अधिकारी सहितकाे टाेलीले ध्यानकर्षण पत्र बुझाएकाे हाे ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.