किसान महासंघकाे स्थापना दिवसमा सहारा विहीनलाई भाेजन

भरतपुर, साउन २६ । भरतपुर महानगरपालिका वडा नं ९ शरदपुर स्थित चितवन मानवसेवा आश्रममा आश्रित साहरा विहीनहरुलाई चार छाक खाना खुवाइएकाे छ ।

नेपाल किसान महासंघकाे ७२औं स्थापना दिवसकाे अबसरमा जिल्ला कार्यसमिति चितवनले ५५ जनालाई चार छाक खानाकाे लागि १६ हजार १०० रूपैया आश्रमलाई हस्तान्तरण गरेकाे सचिव इन्द्रमणि गैरेले जानकारी दिए ।

आश्रममा आयाेजित औपचारिक कार्यक्रमका बीच महासंघका जिल्ला अध्यक्ष निलकण्ठ रिजाल र कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले आश्रमका सचिव देवी आचार्य र सञ्चालक विनाेद ढकाललाई साे रकम हस्तान्तरण गरेका थिए ।

साे अबसरमा महासंघ चितवनका अध्यक्ष रिजालले दुईदिनकाे खानाकाे लागि आवश्यक रकम आश्रमलाई हस्तान्तरण गरेकाे बताए ।

कार्यक्रममा वागमती प्रदेशका पूर्वमन्त्री उत्तम जाेशी, पार्टीका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, जिल्ला उपसभापतिहरु शालिकराम पाैडेल र राजिव न्याैपाने, सहसचिव दिनेश अधिकारी, महासमिति सदस्य प्रकाश अधिकारी, नेपाल ट्रेडयुनियन कांग्रेसका जिल्ला सभापति हरिहर सापकाेटा, महासंघ जिल्ला सचिव रामप्रसाद सापकाेटा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

महसंघ चितवनका उपाध्यक्ष भरत घिमिरेले स्वागत मन्तव्य राखेकाे साे कार्यक्रम सचिव गैरेले सञ्चालन गरेका थिए ।

दिवसकै अबसरमा महासंघ जिल्ला कार्यसमिति चितवनले भरतपुर वडा नं २० मा मत्स्य पालक, तरकारी उत्पादक तथा पशुपालन किसान बीच समस्या पहिचान र सामधानकाे लागि अन्तर्क्रिया कार्यक्रम समेत गरेकाे छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.