काठमाडौं, साउन २५ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्न लागेका छन् ।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
शुक्रबार दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।
लेखा समितिले मागेको आधारमा बिहीबारमात्रै प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण बुझाएको थियो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1