साउन २५ । आज २०८१ साल साउन २५ गते शुक्रबार सन् २०२४ अगष्ट ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
शुक्रबारबार अमेरिकी डलर र यूरोको विदेशी विनिमय दर बढ्दा र बेलायती पाउण्ड को विनिमय दर घटेको छ । कतारी रियलको खरिद दर स्थिर रहँदा बिक्री दर सामान्य अंकमा बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४६ रुपैयाँ ४८ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १७ पैसा र बिक्री दर १७० रुपैयाँ ९३ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।