रोटरीद्वारा मुसहर बालबालिकाको स्वास्थ्य परीक्षण

रत्ननगर, साउन २३ । रत्ननगर नगरपालिका वडा नं ७ सिसुवारमा रहेको रोटरी नमुना मुसहर बस्तीका बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

राटरी क्लव अफ रत्ननगर, स्पाउस क्लव अफ रत्ननगर, रोट्याक्ट क्लव अफ रत्ननगरले सीमान्तकृत मुसहर बालबालिकाको स्वास्थ्य रक्षाको लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेका हुन ।

शिविरमा ५१ जना बालबालिको स्वास्थ्य परीक्षण गरि निःशुल्क औषधी समेत वितरण गरिएको रोटरी क्लव अफ रत्ननगरकी अध्यक्ष विरन्जना सापकोटा घिमिरेले जानकारी दिइन् । परीक्षणका क्रममा बालबालिकाहरु कुपोषण, छालाको रोग, ज्वरो, कानको समस्या, चिलाउने, लगायतका रोगले ग्रसित रहेको र विशेषज्ञ डाक्टरहरुबाट उपचार गरिएको उनले जानकारी दिइन् ।

रोटरीले बालबालिकाको स्वास्थ्य परीक्षणसंगै तिनका अभिभावकलाई स्वास्थ्य सचेतना समेत दिएको छ । मुसहर समुदायलाई स्वास्थ्यको महत्वबुझाउदै रोग लाग्नबाट बच्नुको उपायका बारेमा सहजीकरण गरिएको क्लवकी अध्यक्ष सापकोटाले जानकारी दिइन् ।

रोटरीका डिस्ट्रिक गभर्नर हरिप्रसाद सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रमा वडा नं ७ का वडा सदस्य सुर्यबहादुर तामाङ, स्पाउस क्लबकी अध्यक्ष राधिका तिमिल्सिना खनाल, रोट्याक्टका अध्यक्ष नविनजंग केसी सहित रोटरी क्लवका पदाधिकारी तथा सदस्यहरु, पूर्वअध्यक्षहरुको सहभागिता रहेको थियो ।

क्लवकी अध्यक्ष सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो । रोटरी क्वल अफ रत्ननगरले यस अघि जिल्ला काराघारका कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम गरेको थियो ।

सामाजिक क्षेत्रमा क्रियाशिल सो संस्थाले सिसुवारका सीमान्तकृत मुसहर समुदायका लागि आवास निर्माण गरेको क्वलका पूर्व अध्यक्ष विपिन पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.