चितवनमा बाघको आक्रमणबाट एकजना घाइते

चितवन, साउन २० । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् । ‘मोर्निङ्ग वाक’ को क्रममा उनी बाघको आक्रमणमा परेका हुन् ।

भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जनाइएको छ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
2

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.