रत्ननगर । रत्ननगर नगरपालिका वडा नं.५ झुवानीमा वृक्षरोपण एवं बिरुवा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
झुवानी सामुदायिक पुस्तकालय र झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना एवं रत्ननगर नगरपालिका वडा नम्बर ५ को सहयोगमा बिरुवा वितरण तथा वृक्षरोपण कार्यक्रम गरिएको पुस्तकालयका अध्यक्ष अनिल अर्यालले बताए । साथै वडा भित्र वृक्षरोपणका लागि धुपि १५०, कल्की २००, म्याङ्गोस्टिक १५०, राजवृक्ष ५०, कोइरालो १५०, टाकी १५०, अम्वाका ५० वटा विरूवाहरु बितरण गरिएको अर्यालले बताए ।
पर्यावरण स्वच्छता बढाउने उद्देश्यका पुस्तकालय परिसरमा विभिन्न प्रजातिका वृक्षरोपण गरिएको वडाअध्यक्ष बालकृष्ण चापागाईंले बताए। उनले सिंगो विश्वलाई वातावरण प्रदूषणको समस्याले पिरोलिएको बताउँदै खालि रहेका हरेक स्थानमा वृक्षरोपण गर्नु पर्नेमा जोड दिएका छन् ।