शनिबारको विदेशी मुद्राको विनिमय दर

साउन १९ । आज २०८१ साल साउन १९ गते शनिबार सन् २०२४ अगष्ट ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शनिबार अमेरिकी डलर, युरो र कतारी रियालको विदेशी विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ४६ पैसा र बिक्री दर १७१ रुपैयाँ २३ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.