काठमाडौँ, साउन १४ । सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित कार्यदलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा जारी बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अन्तिम रुप दिने तयारी रहेको छ । यसअघि शुक्रबार बसेको बैठकमा सैद्धान्तिक सहमति जुटाएको कार्यदलले आज सरोकारवालासँग छलफल गरेपछि अन्तिम रुप दिने बताइएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1