साउन १४ । आज २०८१ साल साउन १४ गते सोमबार सन् २०२४ जुलाई २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ १५ पैसा र बिक्री दर १४५ रुपैयाँ ८० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०९ पैसा र बिक्री दर १७२ रुपैयाँ ८६ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1