रत्ननगर उद्योग वाणिज्य संघद्वारा डा. पुनलाई स्वागत

रत्ननगर, साउन १३ । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा चितवनको रत्ननगर आइपुगेका छन् ।

डा. महावीर पुनको जीवन कथामा आधारित पुस्तक बिक्री गर्न उनी आफैँ रत्ननगर आइपुगेका हुन् । आइतबार रत्ननगर उद्योग वाणिज्य संघले पुनलाई स्वागत गर्दै उनको किताबसमेत खरिद गरेको छ ।

संघमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष शंकर गिरीसहित पूर्वअध्यक्ष एवं पदाधिकारीहरुले डा. पुनलाई स्वागत गरेका थिए । सोही अवसरमा पुनले स्वागत तथा सम्मानजस्ता कार्यक्रममा प्रयोग गरिने उपहार तथा पुरस्कारमा आफ्नो किताब प्रयोग गरेर राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

कृषि औजार कारखानाबाट सस्तोमा औजारहरु बजारमा पठाउने र त्यसको खरिद एवं उपयोगको लागि विशेष भूमिका व्यवसायीहरुको भएको उनले बताए । डा. पुनले आफ्नो किताबमार्फत युवाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताए ।

त्यस्तै, कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची–महाकाली महाअभियान सञ्चालनका क्रममा करिब १ लाख १५ हजार पुस्तक बिक्री भइसकेको पुनले जानकारी दिए ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले पुनको यो अभियानमा सहयोगीको भूमिका निभाउन पाएको भन्दै खुसी व्यक्त गरे । साथै, संघमार्फत खरिद गरिने औजार र संघमा आवद्ध व्यवसायीले औजार कारखानाबाट उत्पादित सामग्री खरिद बिक्री गर्दिन व्यवसायीलाई गिरीले आग्रह गरेका छन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.