मृगौला बिग्रिएर मृत्यु भएका परिवारलाई लैतडी ग्रुप कुवेतले पठायो किरीया खर्च

रत्ननगर, साउन १२ । चितवन खैरहनीका दुवै मृगौला बिग्रिएर बकुलहर रत्ननगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका पीडित परिवारलाई वैदेशिक रोजगारीका लागि कुवेतमा बस्ने नेपालीहरूले सहयोग पठाएका छन् । अस्पतालमा उपचारका क्रममा साउन २ गते मृत्यु भएका खैरहनी नगरपालिका वडा नं. १३ का ५० वर्षीया बिक्रम महतोको किरीया खर्चमा सहयोग पुग्ने हेतुले बिशाल डल्लाकोटीको नेतृत्वमा रु ४५ हजार आर्थिक सहयोग संकलन गरी लैतडी ग्रुप कुवेतले रकम रकम पठाएका हुन् ।

उक्त रकम एक कार्यक्रमका बिच न्यूज रत्ननगर खैरहनी पर्साका संवाददाता जितेन्द्र चौधरीले परिवारलाई हस्तान्तरण गरेका थिए । उपचारको लागि रकम सकलन गर्दा गर्दै उहाँको मृत्यु भएकोले किरिया खर्च परिवारलाई हस्तान्तरण गरिएको चौधरीले बताए ।

लैतडी ग्रुप कुवेतको स्थापन २०८१ सालमा भएको हो । यस ग्रुपले विभिन्न दिन दुःखि, गरिब, असहाय, समाज सेवा र खेलकुदमा सहयोग पुराउदै आएको छ । यस ग्रुपमा सक्रिय रुपमा १६ सदस्य रहेका छन् ।

 

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.