पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौँ, साउन ७ । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति रायको हत्या भएको हो ।

८० वर्षीय रायको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घटनाबारे प्रहरीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेको छ । राय २०५० सालमा भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.