रोटरी क्लव अफ रत्ननगरको पदस्थापन

रत्ननगर, साउन ६  । रोटरी क्लव अफ रत्ननगरको २४ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ रत्ननगरका वर्ष २०२३/२४ का अध्यक्ष हरिकुमार श्रेष्ठले रोटरी बर्ष २०२४/२५ का अध्यक्ष विरञ्जना घिमिरे सापकोटालाई पदभार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर राजेन्द्रमान शेरचनले नयाँ समितिलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । पदस्थापन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी शेरचनले नवनिर्वाचित सबै पदाधिकारी सहित सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । रत्ननगरलाई  वृक्षरोपण, मानसिक स्वाथ्य तथा रोटरीमा महिला सदस्यको सहभागीतालाई बिशेष रुपमा अघि बढाउन उनले सुझाव दिए ।

कार्यक्रममा बर्ष २०२३/२४ का अध्यक्ष श्रेष्ठले क्लवमा रहँदा आफ्नोे कार्यकालमा गरेका कामको बारेमा जानकारी दिंदै सहयोग गर्ने सबैलाई धन्यबाद व्यक्त गरे । प्रेसिडेन्ड इलेक्ट शिव खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा स्पाउस क्लबको समेत पद हस्तान्तरण गरिएको थियो । स्पाउस क्लब अफ रत्ननगरका बर्ष २०२३/२४ का अध्यक्ष गिता वाग्लेले  बर्ष २०२४/२५ की अध्यक्ष राधिका खनाललाई पद हस्तान्तरण गरेकी थिइन ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.