चितवन, असार २८ । चितवनमा बस पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएका छन्।
काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपति डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाएपछि तीन जना यात्रुले हामफालेर ज्यान जोगाएका हुन्।
यसरी ज्यान जोगाउने यात्रुमा रौतहटको देवाही गोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना रहेको प्रहरीले जनाएको छ। यात्रुको पूर्ण विवरण खुलिसकेको छैन ।
पहिरोले बगाएको बस र बसमा सवार अन्य यात्रुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1