मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन, असार २७ । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।

पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । रासस

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.