असार २६ । अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा क्यानडलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो ।
खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरेका थिए ।
खेलको ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लियोनल मेसीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । प्रतियोगितामा मेसीको यो पहिलो गोल हो ।
अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्बे र कोलम्बियाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यो गोलसँगै मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक १०९ गोल गरेका छन् । मेसीले सहभागीता जनाएका ६ वटा कोपा अमेरिका प्रतियोगितामा गोल गरेका छन् । मेसीले २००७ देखि अहिलेसम्म ६ वटा कोपा अमेरिकामा गोल गरेका हुन् । २००७, १०१५, २०१६, २०१९, २०२१ र २०२४ मा गोल गर्न सफल भएका हुन् ।
अर्जेन्टिनाका लागि १०९ गोल गरेका मेस्सी देशका लागि गोल गर्ने पोर्चुगलका क्रिष्टियानो रोनाल्डोपछि दोस्रो नम्बरमा छन् । एजेन्सी