चितवनको कालिकामा यसवर्ष ११ दशमलव १ किमी सडक कालोपत्रे

सञ्जय चौधरी, रत्ननगर, असार २४ । चितवनको कालिका नगरपालिकाले एक वर्षमा करिब १० दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा करिब १० हजार १ सय मिटर (१० दशमलव १ किलोमिटर) सडक कालोपत्रे गरेको छ भने ३ हजार ३ सय २४ मिटर (३ दशमलव ३ किलोमिटर) उच्चस्तरीय ग्राभेल गरेको हो ।

केन्द्र, प्रदेश र नगरपालिका तथा सडक बोर्डको समेत लगानीमा सडक कालोपत्रे गरिएको नगर प्रमुख बिनोद रेग्मीले जानकारी दिए । नयाँ निर्माण गरिएको सडकको आवश्यकताअनुसार ग्राबेल र उच्च ग्राबेल गरिएको नगर प्रमुख रेग्मीले बताए ।

सो नगरपालिकाले ग्रामीण क्षेत्र र बजार उन्मुख क्षेत्रमा नयाँ सडक कालोपत्रे गरेको हो । केन्द्र, प्रदेश र नगरपालिकाको बजेटबाट १० दशमलव १ किलोमिटर किलोमिटर सडक कालोपत्रे गरिएको नगरपालिकाका पूर्वाधार शाखाका प्रमुख इन्जिनियर किशोर खतिवडाले जानकारी दिए ।

यसैगरी, यसै आर्थिक वर्ष २०८०/०८१ मा कालिका वडा नं. ९, १० र ११ मा ४१ सय मिटर नयाँ ट्याक (कच्चि सडक) निर्माण गरिएको छ भने २४ सय मिटर सडक नाला निर्माण गरिएको छ ।

यस्तै, ३ सय ७६ मिटर सडक फुटपाथ निर्माण, ४ हजार ९ सय ८८ मिटर सिंचाई कुलो निर्माण, ११ वटा कल्भड पुल, ९ हजार ५ सय मिटर खानेपानीको पाईप बिस्तार, १५ वटा खानेपानीको टंकी निर्माण, २ सय ५५ वटा घर धुरी धारा बिस्तार, १८ वटा सिंचाई बोरिङ्ग निर्माण, ८ वटा खानेपानी बोरिङ्ग, ३९ वटा सिंचाईको च्याम्बर बिस्तार, ५ सय ६७ मिटर तटबन्धन (इन्बेन्टमेट) र ३८ वटा विद्यालय भवन, वडा भवन, स्वास्थ्य चौकी निर्माण साथै, सामुदायिक भवन, गुम्बा, गुठी, चर्च मर्मत सम्पन्न गरेको इन्जिनियर खतिवडाले जानकारी दिए ।

कालिका नगरपालिकाका थुप्रै योजना आर्थिक वर्ष २०८१/०८२ मा निर्माण सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले जानकारी दिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.