युरोकप : सेमिफाइनल समीकरण पूरा

असार २३ । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ ।

आज बिहान नेदरल्याण्ड्स र टर्कीबीचको क्वार्टरफाइनल खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको हो । २४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्ड्स रहेका छन् ।

क्वार्टरफाइनलमा स्पेनले आयोजक जर्मनी, फ्रान्सले पोर्चुगल, इंग्ल्याण्डले स्वीट्जरल्याण्ड तथा नेदरल्याण्ड्सले टर्कीलाई हराएर सेमिफाइनलमा पुगेका हुन् ।

अब सेमिफाइनलमा स्पेन र फ्रान्स तथा इङल्याण्ड र नेदरल्याण्ड्स भिड्ने छन् । युरोकप सेमिफाइनलका खेल जुलाई १० र ११ तथा फाइनल खेल जुलाई १५ मा हुनेछ ।

सेमिफाइनल र फाइनलका खेल नेपाली समय अनुसार राती पौने १ बजे सुरु हुने छन् । एजेन्सी

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.