बागमती प्रदेशका अर्थमन्त्री थपलियाद्वारा प्रेस चौतारी चितवनको भवनको अवलोकन

चितवन, असार २२ । बागमती प्रदेश सरकारका आथिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले चितवनको भरतपुरमा निर्माण भैरहेको प्रेस चौतारी चितवनको भवनको आज शनिवार दिउँसो अवलोकन निरीक्षण गरेका छन् ।

भरतपुर- ११ बसेनीमा निर्माण भैरहेको प्रेस चौतारीको भवन देशकै पहिलो भवन हो । भवन अवलोकन गर्दै मन्त्री थपलियाले प्रेस चौतारी चितवनले देशकै नमूना काम गरेको भन्दैं खुसी ब्यक्त गरे ।

उनले भरतपुरको मुख्य क्षेत्रमा जग्गा दान गरेर सहयोग गर्ने केशव कार्कीलाई हार्दिक आभार ब्यक्त गर्दै भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास आफूले लिएको बताए । भवनलाई पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा सहयोग पुग्ने भन्दैं मन्त्री थपलियाले बागमती प्रदेश सरकारको तर्फबाट भवनलाई पूर्णता दिन सहयोग गरिएको बताए ।

‘प्रदेश सरकारका तर्फबाट अहिले हामीले २० लाख दिने भनेर बजेटमासमेत पास गरिसकेका छौं, अरु थप आवश्यक सहयोग पनि गछौं,ु मन्त्री थपलियाले भने, ुभवनलाई पत्रकारहरुको देश कै नमूना भवन बनाउनुपर्छ ।’

उनले भवन निर्माणमा अग्रसरता लिने प्रेस चौतारी चितवन र यसमा जोडिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सो अवसरमा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले बागमती प्रदेश सरकारका तर्फबाट भवन निर्माणमा सहयोग गरेकोमा धन्यवाद दिँदै प्रेस चौतारी नेपाल कै देशकै पहिलो भवन चितवनमा बनाउन पाउँदा खुसी लागेको बताए ।

उनले भवनको बारेमा मन्त्री थपलियालाई जानकारीसमेत गराएका थिए । सो अवसरमा प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, पत्रकार राजेश घिमिरे, प्रेस चौतारी चितवनका कोषाध्यक्ष बद्री अर्याल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.