चितवनको खैरहनी नगरपालिकाले ल्यायो १ अर्ब १ कराेडकाे बजेट

चितवन, असार १० । चितवनकाे खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्षकाे लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।

साेमबार आयाेजना गरिएकाे १५ औं नगर सभा मार्फत आर्थिक बर्ष २०८१/८२ को लागि रु.१ अर्ब १ करोड ५४ लाख ९५ हजार बजेट सार्वजनिक गरेकाे हाे

। मेयर शशीकुमार खनियाले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमका लागि उपमेयर कविता उप्रेतीले बजेट प्रस्तुत गर्नुभएकाे हाे । साे नगरपालिकाले कुल बजेट मध्ये चालु खर्च तर्फ रु. ४९ करोड ८८ लाख १२ हजार र पुँजीगत खर्च तर्फ रु. ५१ करोड ६६ लाख ८४ हजार रहेकाे छ ।

आम्दानी तर्फ आन्तरिक आय रु. १९ करोड ४७ लाख, सङ्घीय सरकार सशर्त अनुदान रु २७ करोड ९१ लाख ७२ हजार, सङ्घीय सरकार समानीकरण अनुदान १६ करोड १४ लाख, सङ्घीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने रु. ११ करोड २८ लाख २ सय ४७, संरक्षित वन रोयल्टी रु. ७५ लाख ९९ हजार ७ सय ५३, सड़घीय सरकार विशेष अनुदान रु.३ करोड, संघीय सरकार समपुरक अनुदान १ करोड ५० लाख, प्रदेश सरकार सशर्त अनुदान रु.५ करोड ९० लाख २० हजार, प्रदेश सरकार समानिकरण अनुदान रु. १ करोड ६७ लाख २५ हजार, प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने सवारी साधन कर रु.७ करोड ५० लाख ७८ हजार, प्रदेश सरकार समपुरक अनुदान रु.३ करोड. प्रदेश सरकार विशेष अनुदान रु.६५ लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने रु.५० लाख, लागत सहभागिता रकम रु ५० लाख र चालु वर्षको अनुमानित बैंक मौज्दात रु.१ करोड ७५ लाख गरी कुल जम्मा रु.१ अर्ब १ करोड ५४ लाख ९५ हजार अनुमान गरिएकाे छ ।

खर्च तर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु.११ करोड ९९ लाख, नगरस्तरीय गौरवका आयोजनामा रु.६ करोड २५ लाख, नगरस्तरीय पूर्वाधारका योजना तथा कार्यक्रम तर्फ रु ३ करोड ८ लाख ३ हजार ३ सय ५०, वडास्तरीय योजना तर्फ रु.१७ करोड २६ लाख, विषयगत शाखा तर्फ रु.१४ करोड, नगरस्तरीय विभिन्न कोष तर्फ रु.१ करोड ५० लाख, समपुरक कोषमा रु.४ करोड ५० लाख, सडक बोर्ड तर्फका आयोजनामा रु.५० लाख, लागत सहभागिता तर्फ रु.५० लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ रु.४१ करोड ९६ लाख ९२ हजार अनुमान गरिएकाे छ ।

साे नगरपालिकाले कृषिलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । कृषि उत्पादन बढाउदै राेजगारी सृजना गर्ने र किसानलाई आत्मनिर्भर बनाउन अनुदान र प्रविधिकाे प्रयाेगलाई जाेड दिइएकाे मेयर खनियाले जानकारी दिनुभयाे ।

कृषि क्षेत्रकाे लागि एक वडा एक कृषि सहकारी, किसान तपाईलाई के चाहिएकाे छ ?,भूमि बैंक स्थापना, प्राङ्गारिक मल स्राेत केन्द्र स्थापना,खेलबारीमा प्राविधिक सेवा, सिचाई प्रणालीमा सुधार,उत्पादन साथमा, अनुदान हातमा लगायतका याेजना ल्याइएकाे मेयर खनियाले बताउनुभयाे ।

पशुपंछी विकास तर्फ साे नगरपालिकाले गाईभैसीकाे पकेट कार्यक्रम सञ्चालन गर्ने, बाख्रापालनलाई व्यवसायिक बनाउन बाख्रा पैँचाे कार्यक्रम सञ्चालन, पशु आहारमा आत्मनिर्भर बनाउन घाँसकाे बीउ वितरण गर्ने, उत्पादन बढाउन र बाच्छी पाडापाडी उत्पादन गर्न कृत्रिम गर्भाधान, पशुशाला निर्माणमा प्राेत्सहान गर्ने याेजना अघि सारिएकाे छ ।

स्वास्थ्य तर्फ जिल्लाका जुनसुकै अस्पतालमा उपचार गर्ने खैरहनीका विरामीलाई नि:शुल्क रगत उपलब्ध गराउने, गरिव तथम विपन्न समुदायका ३०० घर परिवारकाे नि:शुल्क स्वास्थ्य बिमा गर्ने, बाआमा स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउने, उपमेयर गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।

शिक्षा तर्फ साे नगरपालिकाले कक्षामा विद्यार्थी टिकाउदर वृद्धि गर्दै गुणस्तर सुधार कार्यक्रम सञ्चालन, थारु, दलीत, अपाङ्गता, अल्पसंख्यक तथा अति विपन्न परिवारका छात्रा तथा दलीत छात्रहरुलाई स्नातक तह सम्म छात्राबृत्ती प्रदान, आर्थिक अबस्था कमजाेर भएका बिज्ञान पढ्न चाहनेलाई कक्षा १२ सम्म अनुदान रकम प्रदान गर्ने, विद्यलयमा करेशाबारी निर्माण गरी दिवाखाजा कार्यक्रममा प्रयाेगमा ल्याउने, विद्यालयमा फूलबारी निर्माण गर्ने उल्लेख गरिएकाे छ ।

पर्यटन विकास तर्फ खैरहनीलाई साैराहाकाे पर्यटन संग जाेड्ने, थारु,दराई,मगर तथा अन्य जनजातीकाे संग्रहालय व्यवस्थित गरि पर्यटक आकर्षित गर्ने, हाेम स्टे मार्फत ग्रामिण पर्यटनकाे विकास गर्ने, असल पर्यटन अभ्यासलाई कार्यान्वयनमा ल्याउने, बुढीराप्ती खाेलामा ब्यारेज निर्माण गरि माेटरबाेट सञ्चालन गर्ने जनाइएकाे छ ।

पूर्वाधार विकासलाई जाेड दिँदै साे नगरपालिकाले सडक निर्माण र स्तराेन्नती, कबर्डहल, नाला निर्माण, बाल उद्यान निर्माणलाई प्राथमिकता दिदैं नगर गाैरभका ४२ वटा याेजनामा ३४ कराेड ७३ लाख ३८ हजार रूपैया बजेट विनियाेजन गरेकाे उपमेयर उप्रेतीले जानकारी दिनुभयाे ।

साे नगरपालिकाले सबै वडामा ओपन जीम स्थापना गर्ने विषयलाई प्राथमिकतामा राखेर बजेट विनियाेजन गरेकाे प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकाेटाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.