जङ्गली च्याउ खाएकी एक वृद्धाको मृत्यु

तनहुँ, असार ८ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी एक वृद्धाको मृत्यु भएको छ ।

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । च्याउ खाएर बिरामी परेका चारजनाको अवस्था खतरामुक्त रहेको छ ।

५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए । रासस

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.