बाघमारा वनका उपभाेक्तालाई बालिनाली क्षति राहत रकम वितरण

रत्ननगर, असार ७ । साैराहा नजिक रहेकाे बाघमारा मध्यवर्ती सामुदायिक वनले आफ्ना उपभाेक्ता किसानहरुलाई शुक्रबार वालिनाली क्षतिकाे राहत रकम वितरण गरेकाे छ ।

वन्यजन्तु बस्तीमा प्रवेश गरि वालीनाली नष्ट गरेका ६० जना किसानहरुलाई राहत रकम वितरण गरिएकाे हाे ।

वनकाे कार्यालयमा आयाेजित कार्यक्रममा अध्यक्ष जीतु तामाङ,सचिव कृष्ण भट्ट र वालीनाली क्षति राहत वितरण उपसमितिका संयाेजक बीरबहादुर तामाङले राहत रकम हस्तान्तरण गरेका थिए ।

वन्यजन्तुले नष्ट गरेकाे धान, मकै, बीउ र मसुराेकाे प्रतिकठ्ठा एक हजार ५०० का दरले राहत रकम वितरण गरिएकाे वनका अध्यक्ष तामाङले बताए ।

किसानहरुले एक हजार ५०० देखि ८ हजार सम्म राहत रकम पाएका छन् । पर्यापर्यटन मार्फत आम्दानी गर्दैै आएकाे साे सामुदायिक वनले संरक्षण, उपभाेक्ताकाे गरिबी निवारण र मानव वन्यजन्तु बीचकाे द्वन्द्व न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेकाे छ ।

मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि बस्ती र वनको सिमानामा कङ्क्रिट वाल निर्माण, बालीनाली राहत, पशुचौपायाको बिमा, सुत्केरी भत्ता, मृत्यु हुँदा काजक्रिया खर्च, उपचार खर्च, शिक्षामा वार्षिक १० लाख लगानी र गरिबी निवारणका लागि सीपमूलक तालिम दिँदै आएको अध्यक्ष तामाङले बताए ।

सो सामुदायिक वन गैँडा, बाघ, भालु, चितुवा, मृग प्रजाति, घडियाल र मगर गोहीको मुख्य बासस्थान हो ।

सौराहामा आउने अधिकांश पर्यटक सो वनमा हात्ती सफारी र डुङ्गा सयर गरेर रमाउने गरेका छन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.