सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

असार ६ । आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ। आन्द्रियस गोउसले अफ्रिकाविरुद्ध शानदार अर्धशतक बनाएपनि अमेरिकालाई हारबाट जोगाउन सकेनन्।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन बनाउँदा १८ रनको पराजय भोगेको हो।

अमेरिकाका लागि आन्द्रियस गोउसले नटआउट ५ चौका र ५ छक्काको ४७ बलमा ८० रनको योगदान दिए। तर अमेरिकालाई जित दिलाउन सकेनन्।

हरमित सिंहले गोउससँग ९१ रनको साझेदारी गर्दा उनले ३८ रन बनाएका थिए।

ओपनर स्टिभन टेलरले १४ बलमा २४ रन बनाउँदा कोरी एन्डरसनले १२ बलमा १२ रन जोडेका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

दक्षिण अफ्रिकाका लागि कासिगो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्टजे र ताब्रियाज साम्सीले एकएक विकेट हात पारे।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा चार विकेटको क्षतिमा १९४ रन बनाएको थियो। उसका लागि ओपनर क्वीन्टन डी ककले सर्वाधिक ७४ रन बनाएका थिए। उनले मात्र ४० बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै उनले शानदार अर्धशतक बनाए।

कप्तान ऐडन मार्क्रमले ३२ बलमा ४६ रन रन जोड्दा हेनरिच क्लासनले २२ बलमा ३६ रन बनाए। ट्रिस्टन स्टब्सले १६ बलमा २० रन बनाएका थिए।

अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले समान दुईदुई विकेट हात पारेका थिए। एजेन्सी

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.