रत्ननगरमा एक बर्षको खाना र विविध खर्च ९७ लाख, असुल गर्नुपर्ने बेरुजु २० लाख

रत्ननगर, असार ५ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले खाना र विविध खर्चमा रु.९७ लाख बढी खर्च गरेको देखिएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७९/८० मा खाना विविध खर्च भनेर ९७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ खर्च गरेको हो ।

महालेखा परिक्षकको प्रतिवेदनले आन्तरिक आयको परिधिभित्र रहि औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने भन्दै खर्चको मापदण्ड बनाएर खर्च नियन्त्रण गर्न सुझाव दिएको छ । नगरपालिकाले विविध खर्च शिर्षकबाट मात्रै रु. ३१ लाख ४० हजार खर्च गरेको छ । वडा कार्यालय समेतको लागि खाना विविध खर्च उल्लेख गरि रु.९७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै नगरपालिकाको असुल उपर गर्नुपर्ने बेरुजु रु.२० लाख २९ हजार देखिएको छ । नगरपालिकाले नियमविपरित भुक्तानी दिएका व्यक्ति तथा संस्थाहरुबाट रु.२० लाख २९ हजार रुपैयाँ असुल गर्नुपर्ने महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । आर्थिक बर्ष २०७९/८० मा मात्रै रत्ननगरमा कुल २ करोड रु.२७ लाख १ सय बेरुजु देखिएको छ ।

जसमध्य असुल उपर गुर्नपर्नेमा रु.२० लाख २९ हजार , अनियमित भएको ६३ लाख ४४ हजार, प्रमाण कागजात पेश नभएकोमा रु.१ करोड १७ लाख ९८ हजार, पेश्कीमा रु.१ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.