कालिका-१ मा सामाजिक सुरक्षा भत्ता लाभग्राहीका लागि राष्ट्रिय परिचय पत्र विवरण संकलन

रत्ननगर, असार ५ । सामाजिक सुरक्षा भत्ता खाई रहेका तथा राष्ट्रिय परिचय पत्र बनाउन छुटेका कालिका नगरपालिकाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ । वडा तहबाटै परिचय पत्रका लागि विवरण सङ्कलन अभियान सुरु भएपछि नागरिकको उत्साहजनक सहभागिता रहेको हो ।

सामाजिक सुरक्षा भत्ता खाई रहेका तथा राष्ट्रिय परिचय पत्र बनाउन छुटेकाहरुका लागि कालिका नगरपालिका वडा नं. १ ले वडाबाटै राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरिरहेको वडा अध्यक्ष सन्तवीर स्यङदानले जानकारी दिए । वडामा सञ्चालन भएको अभियानमा नागरिकको उत्साहजनक सहभागिता रहेको उनको भनाईछ ।

कालिकाका ११ वटै वडामा सामाजिक सुरक्षा भत्ता र छुटेकाहरुको राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ । अभियान आज ५ गतेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परिचय पत्र बनाउन छुटेकाहरुले फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुबा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ ।

यसैगरी बसाइँसराइ गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ । विवरण दिनका लागि स्वयं आफू उपस्थित भएर सक्कली नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहित महिलाको हकमा श्रीमानको पनि सक्कली नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ ।

राष्ट्रिय परिचय पत्र बहुउपयोगी परिचय पत्र भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.