बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

असार ३ । आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो ।

बंगलादेशलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुईदुई विकेट हात पारे । बंगलादेशका दुई ब्याट्सम्यान रनआउट भए ।

बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए । महमुदुल्लाहले १३ रन बनाए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.