चितवनमा जिवित पशुपन्छी ढुवानी प्रतिबन्ध विरुद्धको जनचेतना दिवस

रत्ननगर, असार १ । चितवनको भरतपुरमा शुक्रवार जिवित पशुपन्छी ढुवानी विरुद्धको जनचेतना दिवश मनाइएको छ ।

एनिमल नेपालको आयोजनामा भएको कार्यक्रममा नेपालको कानुनमा उल्लेखित पशु निर्देशिका पालनाको दबाब स्वरुप भरतपुरको चौविसकोठीमा कालोपट्टी बाधेर विरोध जनाउनुको साथै सांस्कृतिक कार्यक्रम समेत गरिएको एनिमल नेपाल फिल्ड कार्यालय चितवनका रामचन्द्र आचार्यले जानकारी दिए ।

जीवित पशुलाइ निर्मम र क्रुर व्यवहार गर्ने, पशु कल्याण र अधिकार विपरित पशुलाइ आहार मात्रको रूपमा हेर्ने र उनीहरू माथी हत्या, यातना, उपेक्षा र निर्दयी व्यवहार गर्ने अभ्यास विरूद्ध युवाहरूले सचेतनामुलक प्रदर्शनी गरेका हुन् ।

आचार्यका अनुसार ढुवानीको क्रममा पशुलाई शारीरिक तथा मानसिक रुपमा चरम यातना दिने गरिएको छ । सुदुरपश्चिमको महेन्द्रनगरबाट राजधानीसम्म ढुवानी गर्दा पशुलाई विश्राम गर्न नदिई यात्रा गराउने गरिएको उहाँले बताउनुभयो । पशु ढुवानी निर्देशिकामा आठ घण्टाको यात्रापछि पशुलाई ओरालेर दानापानी दिनुपर्ने विषय उल्लेख गरिएको छ । तर, २४ घण्टासम्म पनि निरन्तर यात्रा गराउने गरिएकोले कालोपट्टी बाधेर विरोध गरिएको उनको भनाई छ ।

पशु क्वारेन्टाइनका कर्मचारीले समेत पशु ढुवानी निर्देशिकालाई कार्यान्वयन नगरेको साथै व्यवसायीको निर्देशनमा कर्मचारी लागेको उनको आरोप छ । पशुपन्छी स्वस्थ रहेनन् भने मानिस पनि स्वस्थ रहन नसक्ने भएकाले पशुहरुको स्वास्थ्य प्रति पनि सचेत र सजक हुनुपर्ने उनको भनाई छ ।

जीवित पशुलाई  जिउने हक भएको प्राणीको साटो मानव स्वार्थको लागि वस्तुको रूपमा हेरिने भएकाले पनि आज  मानवीयतासम्बन्धी राज्यको कानून निरीह बनेको हो । मानव अधिकार कानूनले सम्मानपूर्वक बाँच्न पाउने हक, सामाजिक सुरक्षाको हक, खाद्य, स्वास्थ्य, सरसफाइसम्बन्धी हकहरू प्रत्याभूत गरेको छ । मानव मात्र नभई सम्पूर्ण प्राणी, जीवन जगत्‌लाई मानवीय रूपमा हेर्नु पर्ने यसभित्र उल्लेख छ । मानवीयताकै सन्दर्भमा पशु स्वास्थसम्बन्धी विश्व संगठनको पशुकल्याणसम्बन्धी निर्देशिकामा भोक प्यास र कुपोषणबाट स्वतन्त्रता, डर त्रास र तनावबाट स्वतन्त्रता, भौतिक तथा सित, तापजन्य असुविधाबाट सुरक्षित रहने स्वतन्त्रता, पीडा घाउचोट र रोगब्याधीबाट स्वतन्त्रता, सामान्य व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रता जस्ता स्वतन्त्रताहरूलाई आधारभूत सिद्धान्तको रूपमा उल्लेख गरिएको छ ।

विरोध सभा कार्यक्रममा रत्ननगर ९ मा रहेको रत्न प्रिय क्लव, पशु अधिकार कर्मी, एनिमल संरक्षण कर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.