रत्ननगरमा लागू औषध सहित एक जना पक्राउ

रत्ननगर, असार १ । चितवनकाे रत्ननगरबाट प्रहरीले शुक्रबार लागू औषध काराेबारमा संलग्न एकजनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले रत्ननगर वडा नं १६ खैरेटी टाेल निवासी ३२ बर्षीय अनुप श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।

श्रेष्ठकाे घरबाट प्रहरीले लागू औषध गाजाँ ६ किलाे, एनारगन ५०० ट्याब्लेट, ट्रामाडोलल ४९७ ट्याब्लेट बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरीकाे टाेलीले विशेष सुचनाका आधारमा श्रेष्ठलाई पक्राउ गरि लागू औषध बरामद गरेकाे हाे ।

पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय टाँडीमा राखिएकाे छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.