फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत

जेठ २७ । फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत गरिएको छ । आईतबार पूर्वी चितवनको रत्ननगर रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुर्हत गरिएको हो । फिल्मको आजै बाट छायांङ्गकन शुरू हुँदैछ ।

करिब २५ दिन छायांङ्गकन सेड्युल रहेको यस फिल्मको छायांङ्गकन चितवनका विभिन्न रमणिय स्थानहरूमा गरिँदैछ । नेपालीहरु अस्ट्रेलिया जाने र उतै बस्ने कथा फिल्मले बोल्ने छ ।

रेहान मियाको निर्माण एवमंं निर्देशनमा बन्न लागेको फिल्ममा किशोर खतिवडा, प्रविन आचार्य,अंकिता भुर्तेल , जीसु कोईराला र रेश्मा सुवेदीको मुख्य भूमिकामा रहेका छन ।

फिल्मको लागि किशोर चौधरी र केदार बरुवाल क्षेत्री को सङ्गीत दिएका छन भने रवि कोईरालाको छायाँङ्गन रहने छ । फिल्म करुणा फिल्मको व्यानरमा निर्माण हुन लागेको हो । फिल्ममा लक्ष्मण नेपाल , विमल पौडेल, अन्जन शर्मा र केदार दवाडी बाल कलाकार अक्सा कोईराला लगायतको अभिनय हेर्न सकिन्छ ।

फिल्मको मुख्य सहायक निर्देशकमा करण साउद, सहायक निर्देशनमा राजन मोक्तान , द्वन्द्व निर्देशन निदेशक देव महर्जन, नृत्य निर्देशकमा किशोर चौधरी छन् । फिल्मको सफलताका लागि कलाकार राम रिमाल मिलन लामाले शुभकामना दिएका थिए । फिल्मलाई तिहारको मौका पारेर रिलिजमा ल्याईने छ ।फिल्मको कथा पनि निदेशक मियाले नै लेखेका हुन ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.