पञ्चकन्या मा.वि को ६७औं वार्षिकोत्सव तथा अभिभावक दिवस

रत्ननगर, जेठ २६ । पूर्वी चितवनको रत्ननगर- १३ जयमङ्गलामा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ६७औं वार्षिकोत्सव तथा अभिभावक दिवस एंव छात्रवृत्ति वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रवक्ता एंव वडा नं. १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाले विद्यालयको शैक्षिक गुणस्तरका लागि स्थानीय सरकारको तर्फबाट कुनै पनि सहयोग गर्न कसर बाकी नराख्ने बताए । उनले विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै गएको प्रति खुसी व्यक्त समेत गरे ।

विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्राधानाध्यापक रमेश खनालले शिक्षा समाजको ऐना हो, जीवन जीउने आधार हो र विकासको मेरुदण्ड भएको हुँदा आवश्यकता अनुसार विद्यालयमा अहिले विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा र कम्प्युटर प्रयोगशाला संचालन रहेको जानकारी दिए । विद्यालयको भौतिक एवम् आर्थिक प्रगति संगै शैक्षिक गुणस्तरमा सुधार आए सँगै विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको समेत उनले बताए

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १३ का वडा अध्यक्ष पोट वहादुर घिमिरे ‘सुवास’ को अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भूमिलाल सुवेदी, नगर शिक्षा अधिकृत सुमन सिल्वाल, नेपाली कांग्रेस वडा नं. १३ का वडा सभापति टोपराज भट्टराई, राष्ट्रिय जनमोर्चा वडा नं. १३ का वडा कमिटी अध्यक्ष नरहरी पुरी, शिक्षक अभिभावक संघका वर्तमान अध्यक्ष केपी किरण शर्मा, कक्षा ९ मा अध्ययनरत छात्रा स्मृति पाण्डे लगाएतले मन्तव्य राखेका थिए ।

सो अवसरमा विद्यालयमा अध्यापन गरेका सेवा निवृत भएका तथा पञ्चकन्या मा.वि बाट सरुवा भई गएका शिक्षक तथा शिक्षिकाहरुलाई सम्मान गरिएको थियो ।

यसैगरी, समाजसेवी गोकुललास श्रेष्ठ र सन्तमाया श्रेष्ठले कक्षा १ देखि कक्षा ५ सम्ममा सम्पूर्ण विद्यार्थी एंव कक्षा ६ देखि कक्षा १० सम्मका प्रथम, द्धितिय र तृतीय भएका विद्यार्थीहरुलाई पुरस्कार बितरण गरेका थिए ।

विद्यालयका शिक्षक प्रतिनिधि जगदिश खनालले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका सहायक प्राधानाध्यापक बाबुराम पाठकले स्वागत मन्तव्य राखेका थिए ।

वि.स २०१४ सालमा स्थापना भएको सो विद्यालयमा कक्षा नर्शरी देखि कक्षा १२ सम्म पढाई हुदै आएको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.