रत्ननगरमा रत्नप्रभा विमोचन तथा सहित्यकारलाई सम्मान

रत्ननगर, जेठ २५ । रत्ननगर नगरपालिका र रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको रत्नप्रभा विमोचन तथा साहित्यिकहरुलाई सम्मान गरिएको छ ।

कला र साहित्यको संरक्षणको लागि रत्ननगर वाङ्मय प्रतिष्ठानको मुखपत्रको रुपमा प्रकाशित रत्नप्रभाको विमोचन तथा तीन जना साहित्यकर र एक जना गायकलाई सम्मान गरिएको हो ।

नवलपुर ८ गैंडाकोट निवासी बरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ५० हजार राशीको अक्षराश्री पुरस्कार २०८१, रत्ननगर २ टाँडी निबासी साहित्यकार तिलकराज शर्मा पौडेललाई २० हजार राशीको सुमेधाश्री सम्मान २०८१, रत्ननगर २ टाँडीकै गिरिधारी विशिष्ठलाई २० हजार राशीको रत्ननगर वाङ्मय सम्मान २०८१ र रत्ननगर २ टाँडी निवासी उदय मानन्धरलाई १५ हजार राशीको गायनकला सम्मान २०८१ प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकामा मेयर प्रलाद सापकोटा र रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले पुस्तकको विमोचन तथा साहित्यकारहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले पुस्तकमाथि प्रकास पार्दै गीत, कविता,लेख,निबन्ध मार्फत कला संस्कृतिको संरक्षण र समग्र जिल्लाको विशेषता झल्काउने कोसिस गरिएको बताए । कार्यक्रममा मेयर सापकोटाले कला र साहित्स मार्फत रत्ननगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने कोसिस भइरहेको बताए ।

रत्ननगरको विकासमा कवि तथा साहित्यकारहरुको भूमिका अहम हुने भन्दै उनले साहित्यकारहरुले आफ्ना रचनालाई कृषि र पर्यटनसंग जोड्न सुझाब दिए ।

कार्यक्रममा पाण्डुलीपी प्रकासन तथा मुल्याङ्कनका आधारमा लेखकहरुलाई पारिश्रमिक समेत प्रदान गरिएको छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, भरतपुर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका सभाषद् रामहरि श्रेष्ठ, साहित्य संगम चितवनका अध्यक्ष प्रकास चापागाईँ, साहित्यकार डिआर पोखरेल,लकास शर्मा पौडेल, प्रा।डा नारायण प्रसाद खनाल लगायतले मन्तव्य राखेका थिए ।

रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम प्रतिष्ठानका सदस्य सचिव विश्वनाथ खनालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.