पदमपुर स्वास्थ्य चौकीमा हाईड्रोसिल र हर्नियाको निःशुल्क परिक्षण

रत्ननगर, जेठ २५ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ४ मा रहेको पदमपुर स्वास्थ्य चौकीमा हाईड्रोसिल र हर्नियाको परिक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बकुलहर रत्ननगर अस्पतालको आयोजना तथा कालिका नगरपालिकाको समन्वयमा पदमपुर स्वास्थ्य चौकीमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा ७५ जना हाईड्रोसिल र हर्नियाका बिरामीहरुले स्वास्थ्य परिक्षण गएका थिए । परिक्षण गएका मध्य २९ जना बिरामीहरुको शल्यक्रियाद्वारा उपचार गर्नुपर्ने भएकाले उनीहरुलाई बकुलहर रत्ननगर अस्पताल रिफर गरिएको कालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए । रिफर गरिएका २९ जना बिरामीहरुको शल्यक्रिया बकुलहर रत्ननगर अस्पतालले निःशुल्क रुपमा गरिदिने उनले बताए ।

कालिका नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा कालिका-४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर मदन ज्ञवाली प्रमुख अतिथि रहेका थिए ।

सरकारी स्वास्थ्य संस्थामा हाईड्रोसिल र हर्नियाका बिरामीहरुले उपचार गराउन जादा लामो समय कुर्नुपर्ने हुन्छ तर स्वास्थ्य शिविरमा परिक्षण गएकाहरुले तत्काल निःशुल्क उपचार पाउने शिविर टोली प्रमुख नारायण ढुङ्गानाले जानकारी दिए ।

रिफर गरिएका बिरामीहरुलाई समय तालिका मिलाएर निःशुल्क शल्यक्रिया गरिने उनको भनाई छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.