कालिकाका २ हजार २ सय बालबालिकालाई आइपीभी खोप

रत्ननगर, जेठ २५ । पूर्वी चितवनकाे कालिका नगरपालिकामा २ हजार २ सय १३ जना बालबालिकाहरूलाई पोलियोविरुद्धको आइपीभी (इन एक्टिभेट पोलियो भाइसर भ्याक्सिन) खोप लगाइएको छ । यही जेठ १३ देखि १७ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा २ हजार २ सय १३ जनाले खोप लगाएका हुन् ।

कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीका अनुसार २ हजार ३ सय ३४ जनालाई खाेप लगाउने लक्ष्य रहेकाेमा २ हजार २ सय १३ जनालाई खोप लगाइएकाे जानकारी दिए । 

कालिकाका विभिन्न स्थानमा खोपअभियानका क्रममा ३९ जना स्वास्थ्यकर्मी र ७५ जना स्वयंसेवक परिचालन गरि ३७ वटा खोप केन्द्रबाट खोप लगाइएकाे कालिकाका नगर प्रमुख तथा नगर खोप समन्वय समितिका संयोजक बिनोद रेग्मीले जानकारी दिए ।

विसं २०७३ वैशाख देखि २०७५ आसोजसम्म जन्मिएका बालबालिकालाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।

यसैगरी, चितवनमा ३६ हजार सात सय चार जनालाई लगाउने लक्ष्य रहेकामा भरतपुर महानगरपालिकाका १९ हजार दुई सय ९४ मध्ये १६ हजार दुई सय ९८, कालिका नगरपालिकाका दुई हजार तीन सय ३४ मध्ये दुई हजार दुई सय १३, खैरहनी नगरपालिकाका तीन हजार दुई सय ५१ मध्ये एक हजार नौ सय १३, माडी नगरपालिकाका दुई हजार एक सय २९ मध्ये एक हजार छ सय ५२, रत्ननगर नगरपालिकाका चार हजार तीन सय ६९ मध्ये चार हजार एक सय तीन, राप्ती नगरपालिकाका तीन हजार आठ सय ५३ मध्ये तीन हजार ९६ र इच्छाकामना गाउँपालिकाका एक हजार चार सय ७४ मध्ये नौ सय ४६ जना बालबालिकालाई खोप लगाइएको छ ।

 

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.